प्रेम शर्मा अभिनित दशैँ गीत ‘दशैँ होईन दशा‘’को भिडियो सार्वजनिक (भिडियो सहित)



नेपालीकोको महान् चाड विजया दशमी नजिकिदै गर्दा गीतकार सागर शर्माकोे दशैँ गीत ‘दशैँ होईन दशा‘’ सार्वजनिक भएको छ । राजु परियारको स्वर र विपिन आचार्यको एरेञ्ज तथा शर्माकै लय रहेको गीतको भिडियो सार्वजिनिक भएको हो ।

दीपक जोशीको निर्देशन तथा छायाँकन र सदिश जोशीको सम्पादन रहेको सार्वजनिक गीतको भिडियोमा प्रेम शर्मा पौडेल, मुस्कान घिमिरे, किशोर पाण्डे तथा बालकलाकार प्रिसिला शर्मा पौडेल र राहुल जोशीको अभिनय हेर्न सकिन्छ ।

निकै मार्मिक शब्दहरू समेटिएको यस गीतको भिडियोमा दुःखी(गरिबको पिडा र वेदनालाई प्रस्तुत गरिएको छ । गीतको भिडियोलाई कोचे नेपाल मार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्