मुख्यमन्त्री लगाएत अन्य मन्त्रिहरुको १० दिने भ्रमण सम्पन्न,



प्रेम पाण्डेय /कर्णाली प्रदेश । कर्णाली प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाही र आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी तगायतका कर्णाली प्रदेशका मन्त्रिहरुको दश दिने जिल्ला भ्रमण सम्पन्न भएको छ ।

मुख्यमन्त्री शाही सम्मिलित अन्य मन्त्रिहरुले दैलेख, कालिकोट, जुम्ला, मुगु, र हुमला भम्रण गरेका भछन् । भम्रणका कम्रमा कर्णाली प्रदेशको समग्र विकाशको लागि धेरै नगरपालिका प्रमुखहरु र गाउँपालिका प्रमुखहरुसँग भेटघाट र छलफल भएको सहभागी मध्ये एक मन्त्रीले जानकारी गराएका छन् ।

मुख्यमन्त्रि सम्मिलित मन्त्रीहरुको भम्रणका क्रममा विभिन्न खालका अन्र्तक्रिया अनुगमन उद्घाटन बैठक र भेटघाट यसरी गरिएको थियो ।

१. कर्णालीको समग्र बिकासको लागी आठबिस न.पा.का नगर प्रमुख संग भेटघाट

२. कर्णाली करिडोरको पुलको अनुगमन

३. कालिकोटको बाढीपहिरोबाट पीडितलाई राहत बितरण चेक हस्तान्तरण

४. कालिकोटमा कोभिड हस्पिटल उद्घाटन

५. बिपत्त ब्यबस्थापन समितिको बैठक

६. मान्मा बरातु हुँदै रेगिल जाने सडकको अनुगमन

७. स्थानीय तहका जनप्रतिनिधि संग अन्तरक्रिया

८. कार्यालय प्रमुख संगको बैठक

९. पार्टी कार्यकर्ता संग भेटघाट

१०. पिलिमा जनसमुदाय संग भेटघाट

११. तिलागुफा न.पा मा जनप्रतिनिधि र पार्टी कार्यकर्ता संग भेटघाट

१२. नाग्म बजारमा बाढीले क्षती भयको स्थलगत अनुगमन र पीडित परिवार संग भेटघाट

१३. तिला गाउँपालिकाका जनप्रतिनिधि संग भेटघाट

१४. बिपत्त ब्यबस्थापन जुम्लाको बैठकमा सहभागी

१५. कार्यालय प्रमुख संग भेटघाट

१६. रिनि गाउँमा जनसमुदाय संग भेटघाट

१७. कर्णाली स्वास्थ बिज्ञान प्रतिस्ठानमा प्रतिस्ठानका कर्मचारी संग छलफल

१८. मुख्यमन्त्री रोजगार कार्यक्रम मार्फत निर्माण भयको महिला सहकारीको भवन उद्घाटन रिनि गाउँ जुम्ला

१९. जुम्ला उर्थु न्याउरीघाट भुलभुले जोडने सडकको अनुगमन

२०. मुगु :-पिनामा जनसमुदाय संग भेटघाट

२१. रारामा साइकल मार्गनिर्माणको सिलान्यास

२२. बिपत्त ब्याबस्थापन समिती मुगुको बैठक

२३. मुगु जिल्लामा निमाणाधिन आइसुलेसन अस्पतालको अनुगमन

२४. जिल्ला अस्पताल मुगुको अनुगमन र कर्मचारी संग भेटघाट

२५. तारापानी कपास उधोग र निर्माणाधिन बेलिबृजको अनुगमन । जनसमुदाय संग भेटघाट

२६. गमगडी देखि सोरुको सडकको अनुगमन

२७. खनाय गाउँमा जनसमुदाय संग भेटघाट

२८. धैन जनसमुदाय संग भेटघाट

२९. दोजाम पुल (मुगु, बाजुरा र हुम्ला) जोड्ने पक्की पुलको अनुगमन

३०.  हुम्ला ताजाकोटको पहिरोले प्रभावित स्थलगत अध्ययन

३१.  खत्याड गा.पा को  पुल अवलोकन

३२.  अदानचुली गाउँपालिकामा भेटघाट लागायतका कामहरु सम्पादन भयका छ्न।

प्रतिक्रिया दिनुहोस्