सुशान्तको आत्महत्या प्रकरणमा जोडियो दिपिकाको नाम, यस्तो छ कारण…



सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा अब नायिका दिपिका पादुकोण पनि जोडिएकी छिन् । भारतीय मिडियाले नै यस कुराको जानकारी दिएको छ ।

भारतीय दुई टिभी च्यानल आजतक र रिपब्लिकले लिएको ३ वर्षअघिको कुराकानीलाई उदृत गर्दै दीपिका पादुकोणसँग ड्रग्स कनेक्सन भएको दाबी गरिएको दैनिक भाष्करले लेखेको छ । उक्त घटनाको अनुसन्धान गरिरहेको एनसीबीले यो सबालमा दीपिकाको म्यानेजर करिश्मा प्रकाशलाई सोधपुछ गरेको जनाइएको छ ।

प्राप्त जानकारी अन’सार सुशान्तको आत्महत्या केसमा आफ्नो नाम जोडिएपछि दिपिकाले कानूनको सहायता लिने तयारी गरिरहेकी छिन् । तर यसबारे दिपिकाकका म्यानेजरसँग एकपटक सोधपुछ गर्ने तयारी भने भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्