‘सेरोगेसी मार्फत दुई सन्तान जन्माउने सोच छ’ : राजेश पायल राई



चर्चित गायक राजेश पायल राई अहिलेसम्म अविवाहित छन् । त्यसैले उनलाई प्राय जहाँपनि विवाहबारे नै प्रश्न गर्ने गरिन्छ । राजेश पायल राई भने अझै केहीबर्ष विवाह गर्ने सोचमा छैनन् । उनी अहिले आफ्नो करियर बनाउनमा नै व्यस्त छन् । राजेश पायल राईले विवाह गर्ने समय आएपछि सबैलाई यसबारे आफूले जानकारी गराउने बताएका छन् ।

यस्तै उनले लकडाउनमा भने आफूले श्रीमती र छोराछोरीको कमी महशुस गरेको बताए । उनले आफ्नो पनि सन्तान भएको भए लकडाउनको समय उनीहरुसँग खेलेर बिताउँदा आनन्द हुने सुनाए ।

उनले आफूलाई बच्चाहरु असाध्यै मनपर्ने भएकाले विवाहपछि २ बच्चा जन्माउने इच्छा भएको बताए । तर राजेश पायल राई सेरोगेसी मार्फत बच्चा जन्माउन चाहन्छन्, त्यो पनि ट्वीन्स । राजेश पायल राईले आफ्नो ट्वीन्स छोरा भए धेरै खुसी हुने बताएका छन् । आशा गरौँ उनको यो इच्छा चाडै नै पुरा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्