जयालाई कगंनाको जवाफ, ‘तपाई र तपाईको इन्डष्ट्रिले कुनै थाल दिएको छैन, २ मिनेटको भूमिका पनि हिरोसँग सुतेपछि पाइन्छ’



यतिबेला जया बच्चन र कगंना रनावतको विवादले बलिउड निकै तात्तिरहेको छ । केहीदिन अघि जयाले सांसद भवनमा कसैको नाम नलिइ कगंनालाई निशाना बनाएर जुन थालमा खाने त्यहि थालमा थुक्न नमिल्ने तर्क दिएकी थिइन् ।

त्यसपछि कगंनाले ट्वीटरमार्फत जयालाई जवाफ दिइन् । यी दुईको विवाद मिल्नुको सट्टा उल्टो बढिरहेको छ । कगंनाले फेरि ट्वीटरमार्फत जयामाथि रिस पोखेकी छिन् ।

जयाले कगंनाले जुन थालमा खाएको त्यहि थालमा थुकेको भनेपछि कगंनाले जयाले आफूलाई कुनै थाल नदिएकाले यस्तो भन्न नमिल्ने बताएकी छिन् । उनले ट्वीटरमा लेखेकी छिन्,  ‘जयाजी र उनकी इन्डष्ट्रिले कस्तो थाली दिएको छ रु एक थाल पाएको थिएँ जसमा दुई मिनेटको भूमिका आइटम नम्बर्स र एक रोमान्टिक सीन पाइन्थ्यो त्यो पनि हिरोसँग सुतेपछि । मैले यो इन्डष्ट्रिलाई फेमिनिज्म सिकाएँ । थाललाई देश भक्ति, नारी प्रधान फिल्मबाट सजाएँ । यो मेरो आफ्नो थाल हो, जयाजी तपाईंको होइन ।’

यतिबेला दर्शक बाडिएका छन् । कसैले जयाको साथ दिइरहेका छन् भने कसैले कगंनाको समर्थन गरेका छन् । तर जयाले भने कगंनाको अभिव्यक्तिको जवाफ दिएकी छैनन् ।

 

प्रतिक्रिया दिनुहोस्