‘डर र त्रासले छटपटिदैँ म बन्द कोठाभित्र थुनिएको छु’ : प्रमोद खरेल



चर्चित गायक प्रमोद खरेलको एक स्टाटसले सामाजिक सञ्जालमा यतिबेला खुबै चर्चा कमाइरहेको छ । उनले मनको भावना स्टाटस मार्फत बताएका छन् । उनको स्टाटसमा देशमा दैनिक रुपमा बढ्दै गएको भ्रष्टचार विरुद्ध भएको बुझ्न सकिन्छ ।

उनले लेखेका छन्, ‘म बन्द कोठा भित्र थुनिएको छु, डर र त्रासले छटपटिदै, सुनौला दिनको सपनामा उनिएको छु, जीवनको घाम चर्किको छ, सकस र अभाव मै तिर फर्किएको छ, मेटाउन खोज्दैछ शक्तिशाली खेलले, बगाउन खोज्दैछ महामारीको भेलले, घाँटी घाँटी पानीमा डुब्दै डुंगा पछाडि झुण्डिएको छु ।’

प्रमोदले जनता सिटामोलको अभावमा मरिरहँदा नेता भने भागवण्डामा लागेको भन्दै असन्तुष्टी पनि व्यक्त गरेका छन् ।

प्रमोदको स्टाटस जस्ताको तस्तै–

म बन्द कोठा भित्र थुनिएको छु
डर र त्रासले छटपटीदै
सुनौला दिनको सपनामा उनिएको छु
जीवनको घाम चर्किएको छ, सकस र अभाव मैं तिर फर्किएको छ
मेटाउन खोज्दैछ शक्तिशाली खेलले
बगाउन खोज्दैछ महामारी को भेलले
घॉटी घॉटी पानीमा डुब्दै डुंगा पछाडी झुण्डिएको छु

अत्यास लाग्छ अनभिज्ञ छु
न मलाइ केहि थाहा छ, न केहि जान्दछु…
ननिस्कनु बाहिर भन्छन, बस् त्यहि मान्दछु…

पुर्खा को इतिहास किताबमा सिमित राखेर
पराधिन छु त्यसै पनि
कसैले ओखती बनाइदिए गर्व गर्ने छन् यहॉ
कसैका आविष्कार र उन्नतीमा बहस गर्न आतुर छन् यहॉ
देश र जनताको नामको पर्चा छर्छन् यहॉ
दुनो सोझ्याउनु त छ सबैलाइ
भ्रस्टचार र भागवण्डा ले पेट भर्छन् यहॉ
जीन्दगी बन्दगी राखेर सास फेर्नेहरु
सिटामोल को अभावले मर्छन यहॉ

म बन्द परिवेश भित्र थुनिएको छु
डर र त्रास ले छटपटीदै
सुनौला दिनको सपनामा उनिएको छु
अत्यास लाग्छ अनभिज्ञ छु
न मलाइ केहि थाहा छ, न केहि जान्दछु…
ननिस्कनु बाहिर भन्छन, बस् त्यहि मान्दछु…

 

 

प्रतिक्रिया दिनुहोस्