मिहिनेती अभिनेता प्रदिप…



प्रदिप खड्का छोटो समयमा नै निकै लोकप्रियता कमाउन सफल अभिनेता हुन् । नेपाली चलत्रिच जगतमा उनको लोभलाग्दो क्रेज र डिमाण्ड पनि छ । विज्ञापन, म्यूजिक भिडियो अथवा चलचित्र प्रदिप सबै काम गर्दा निकै नै मेहेनत गर्ने गर्छन् ।

उनलाई हिट दिनपर्छ भन्ने छैन, बस् आफ्नो सतप्रतिशत काम दिए पुग्छ । उनको यहि लगनशिलताका कारण नै निर्माता, निर्देशक उनीमा लाखौँ रुपैँया खर्च गर्न तत्पर देखिन्छन् ।

प्रदिप अभिनीत चलचित्र प्रेमगीत ३ प्रदर्शनको तयारीमा रहेको बेला लकडाउन भयो । अब यो चलचित्र आउने चैत्रमा रिलिज हुने निर्माता सन्तोष सेनले बताएका छन् । प्रदिपले खेलेमध्ये सबैभन्दा धेरै मेहेनत गरेको चलचित्र प्रेमगीत ३ नै हो । अब छिट्टै उनी चलचित्र हुतुतु को तयारीमा लाग्नेछन् ।

उनको कामप्रतिको लगाव देखेर नै उनलाई चलचित्र क्षेत्रको लोमा रेसको घोडा भन्ने गरिन्छ भने धेरै प्रशंसकले उनलाई आफ्नो प्रेरणा पनि मान्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्