जनताको रोजाईमा अक्षय हिट अभिनेताको पहिलो नम्बरमा



भारतमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । जसका कारण फिल्म क्षेत्रका कामहरु पनि अघि बढ्न सकेका छैनन् । तर कोरोना अघि नै छायांकन भएका चलचित्रहरु भने भटाभट डिजिटल प्ल्याटफर्म मार्फत रिलिज हुन थालेका छन् ।

यद्यपि यस प्ल्याटफर्म अझै आम भारतीयको सहज पहुँचमा छैन । यी सबैका बाबजुद ताजा सर्वेक्षणअनुसार शाहरुख खान, सलमान खान, आमिर खान र अमिताभ बच्चन चर्चित अभिनेताको सूचीमा  शीर्ष १० भित्र छन् । तर नम्बर १ अक्षयकुमार छन्  । देशका २४ प्रतिशत जनताले अक्षयलाई नम्बर एक हिरो मान्छन् ।

मिडिया समूह इन्डिया टुडेले गरेको यस र्सेमा देशका १२ हजार जनताको राय लिइएको थियो । यसमध्ये २४ प्रतिशतले अक्षयकुमार तथा २३ प्रतिशतले अमिताभ बच्चनलाई नम्बर एक अभिनेता माने । यस सर्वेक्षणमा शाहरुख खान ११ प्रतिशत भोटसहित तेस्रो स्थानमा, सलमान खान १० प्रतिशतसहित चौथो र आमिर खान ६ प्रतिशत भोटसहित पाँचौ स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्