अर्को बर्षको क्रिसमसमा प्रदर्शनमा आउने आमिरको ‘लाल सिंह चड्ढा’



बलिउडका चर्चित अभिनेता आमिर खानको निकै प्रतिक्षित चलचित्र लालसिंह चढ्डा यहि बर्षको क्रिशमसमा प्रदर्शनमा आउने तयारीमा थियो । तर कोरोनाका कारण चलचित्रको छायांकन पुरा हुन सकेन र चलचित्र क्रिशमससम्म हलमा रिलिज गर्ने सम्भावना पनि छैन ।

त्यसैकारण अब आमिरको चलचित्र अर्को बर्षको क्रिशमसमा प्रदर्शनमा आउने बताइएको छ । कोरोना करह कम भएपछि चलचित्र पुनः फ्लोरमा जानेछ ।

चलचित्रमा नायक आमिर खान र नायिका करिना कपुरको मुख्य भूमिका छ । अद्भित चन्दनको निर्देशनमा तयार भएको यो चलचित्रमा नायक आमिर खान फरक–फरक भूमिकामा देखिएका छन् । आमिर खान, किरण रावको लगानीमा बनिरहेको यो चलचित्रलाई भारतको विभिन्न स्थानमा खिचिनेछ ।

प्रतिक्रिया दिनुहोस्