स्वास्थ्यमा समस्या आएपछि बलिउड अभिनेता सञ्जय दत्त अस्पतालमा भर्ना



बलिउड अभिनेता सञ्जय दत्त अस्पतालमा भर्ना भएका छन् । शरीरमा अक्सिजनको तह कम भएपछि उनलाई मुम्बईको लिलावती अस्पतालमा भर्ना गरिएको छ ।

उनको पहिलो कोरोना रिपोर्ट भने नेगेटिभ आएको छ ।

नायक दत्त आफैले ट्विटरमार्फत आफ्नो स्वास्थ्यको जानकारी दिएका छन् । उनले लेखेका छन्–‘म सबैलाई यो जानकारी दिन चाहन्छु कि, म ठिक छु । म अहिले डाक्टरको निगरानीमा छु र मेरो कोभिड रिपोर्ट नेगिटिभ आएको छ । म केही दिनमै घर फर्किनेछु । सबैको आर्शिवादका लागि धन्यवाद ।’

प्रतिक्रिया दिनुहोस्