टेलिभिजनका चर्चित अभिनेता समिर शर्माले गरे आत्महत्या



आजभोली सुसाइडको केशहरु निकै आइरहेका छन् । आज मात्रै पनि भारतीय टिभी अभिनेता समिर शर्माले आत्महत्या गरेका छन् ।

टिभी सिरियल ये रिश्ता हे प्यार के बाट चर्चामा आएका समिरले मुम्बईस्थित आफ्नै घरमा झुण्डिएर सुसाइड गरेका हुन् ।

४४ बर्षिया अभिनेता गत फेब्रअरी देखि नै छुट्टै फ्ल्याटमा बस्दै आएका थिए । काम गर्ने वाचवानले रातको समयमा उनको शव देखेपछि तुरुन्त प्रहरीलाई खबर गरेको भारतीय मिडियाले जनाएको छ ।

एनको घरमा कुनै सुसाइड नोट भेटिएको छैन । जसका कारण उनले आत्महत्या किन गरे भनेर अझैसम्म खुल्न सकेको छैन । प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्