यसरी बनिन् सारीका केसी लोकदोहोरी क्षेत्रकै धेरै रुचाइएकी मोडल…(भिडियो सहित)



सारीका केसी, दोहोरी क्षेत्रकी चर्चित मोडल हुन् । सारीकाले मोडलिङ सुरु गरेको ४–५ बर्ष भैसकेको छ । ४–५ बर्षको अन्तरालमै सारीकाले धेरै राम्रा गीतमा मोडलिङ गरिसकेकी छिन् र चर्चा पनि उत्तिकै कमाएकी छिन् ।

सानैदेखि नाच्न गाउन भनेपछि हुरुक्कै हुने सारीका एसएलसी परीक्षा दिएपछि काठमाडौँ आइन् । पढाई पनि पुरा नभएको र परिवारबाट पनि राम्रो साथ नपाउँदा  १–२ वटा म्यूजिक भिडियोमा काम गरेपछि सारीका केही समयको लागि यस क्षेत्रबाट हराइन् ।

केही समयको ग्यापपछि उनी फेरि आइन् र मोडलिङलाई नै निरन्तरता दिइन् । कमै दर्शकलाई थाहा होला, सारीकाले म्यूजिक भिडियोको साथै २ वटा चलचित्रमा समेत काम गरेकी छिन् ।

सारीकाको बारेमा थप जान्नको लागि उनीसँगको रमाइलो अन्तवार्ता हेर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्