‘सलमानले मलाई कुनैपनि कामको लागि सिफारिस गर्दैनन्’ : जरीन खान



जरीन खान बलिउडमा आएको १० बर्ष पुरा भैसकेको छ । १० बर्षसम्म निरन्तर मेहेनत गरिरहदाँ पनि जरीनले बलिउडमा सोचेजति सफलता पाउन सकेकी छैनन् ।

जरीन बलिउडमा चलचित्र वीर मार्फत भित्रिएकी थिइन् । जहाँ उनको जोडी सलमान खानसँग बाधिएको थियो । वीर मा काम गरेपछि जरीनको खुबै नै चर्चा भएको थियो । धेरैले उनले अब इन्डष्ट्रि हाँक्ने अनुमान गरेका थिए ।

तर बिडम्बना त्यस्तो हुन सकेन । वीर पछि जरीनले हाउसफूल २, हेट स्टोरी ३ मा काम गरिन् । तर उनको चर्चा त्यति भएन । उल्टै उनी हेट स्टोरी मा दिएको हदभन्दा ज्यादा बोल्ड सिनका कारण आलोचित हुन पुगिन् ।

बलिउडमा धेरैले जरीनलाई सलमान काम दिने गरेको आरोप लगाउँछन् । तर जरीन यो कुरालाई मान्न तयार छैनन् । जरीन सलमान खान आफ्नो दिलको निकै नजिक रहेको र सधैँभरि रहने बताउँछिन् । सलमानलाई आफूले असाध्यै इज्जत गर्ने पनि उनले बताइन् ।

आज सलमानकै कारण बलिउडमा भएको उनी स्वीकार्छिन् तर सलमान उनलाई कुनैपनि कामको लागि कहिल्यै सिफारिस नगरेको उनले बताएकी छिन् । जरीनले फिल्म क्षेत्रमा जतिपनि काम गरेकी छिन् आफ्नै इच्छाले गरेको बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्