आउने बिहिबारदेखि पुनः प्रशारणमा आउँदै ‘नेपाल आइडल सिजन ३’



२० साउन २०७७, काठमाडौँ

नेपाल आइडल सिजन ३ कोरोना कारण चैत्रको पहिलो सातादेखि प्रशारणमा आउन छोडेको थियो । कोरोनालाई मध्यनजर गर्दै नेपाल आइडल टिमले प्रतिस्पर्धी सकुसल उनीहरुको घरसम्म पुर्याइदिएको थियो ।

अब नेपाल आइडल पुनः प्रशारणमा आउने भएको छ । नेपाल आइडल सिजन ३ अब आउने बिहिबारदेखि पुनः प्रशारणमा आउने बताइएको छ । कोरोनाबाट बच्ने उपायहरु अपनाउँदै शो लाई अगाडी बढाइने जानकारी प्राप्त छ ।

नेपाल आइडल सिजन ३ लाई आशिफ शाह र माम्पीले होस्ट गरिरहेका छन् भने जजको रुपमा इन्दिरा जोशी, कालिप्रसाद बाँस्कोटा र न्यू बज्रचार्यलाई देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्