३२ बर्षिया चर्चित मराठी अभिनेताले गरे आत्महत्या



१५ साउन २०७७, काठमाडौँ

चर्चित मराठी अभिनेता आशुतोष भाकरेले आत्महत्या गरेको खबर भारतीय मिडियाले जनाएको छ । ३२ बर्षका अभिनेताले महाराष्ट्रको नान्देडस्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

आशुतोषको निधनको खबरले यतिबेला मराठी फिल्मक्षेत्र निकै शोकमय भएको छ । अचानक उनले उठाएको यस्तो कदमबाट उनका फ्यानहरु निरासियका छन् । उनको आत्महत्याको कारण अझै खुल्न सकेको भने छैन ।

आशुतोष फिल्म तथा टिभी अभिनेत्री मयुरी देशमुखका श्रीमान् थिए । २१ जनवरी २०१६ मा मयुरी र आशुतोष विवाह बन्धनमा बाँधिएका थिए ।

प्रतिक्रिया दिनुहोस्