बाँके प्रहरीद्वारा सुर्तीजन्य पदार्थ सहित दुईजना पक्राउ



१३ साउन २०७७, काठमाडौं

बाँके प्रहरीले तीन बोरा सुपरपावर सुर्ती र एक बोरा कमलापसनसहित दुई जनालाई पक्राउ गरेको छ ।

साइकलमा राखेर तीन बोरा सुपरपावर सुर्ती ल्याउदै गर्दा डडुवाको अमृतपुरुवाबाट बेतहनीका सियाराम केवटलाई बाँके प्रहरीद्वारा पक्राउ गरिएको हो । प्रहरीले नेपालगञ्ज बजारबाट सलमान दर्जीलाई एक बोरा कमलापसन (गुट्खा) सहित नियन्त्रणमा लिएको छ ।

बाँके प्रहरीका अनुसार दुवै जनालाई सामानसहित भन्सार कार्यालयमा पठाईएको छ । कोरोनाको कहरबीचमा सुर्तीजन्य पदार्थको तस्करी बढेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्