‘राजेश हमाल एकमात्र महानायक’ : अनूप विक्रम शाही



१३ साउन २०७७, काठमाडौँ

केहीसमय अघि चर्किएको महानायक विवाद लगभग सेलाएको छ । तर सकिएको अझैपनि छैन । यसबारेमा कुरा अहिले पनि भैरहेको छ । यसैबिच अभिनेता अनूप विक्रम शाहीले पनि यसबारे आफ्नो भनाइ राखेका छन् ।

उनले एक अन्तवार्तामा राजेश हमाल एकमात्र महानायक भएको र सधैँ रहने बताएका थिए । साथै उनले राजेश हमालसँगको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै एकमात्र महानायक राजेश हमाल भनेर लेखेका छन् ।

केही दिनअघि पनि अनुपले आफ्नो जन्मदिन सेलिब्रेट गर्ने क्रममा हमाललाई नेपाली फिल्म इतिहासका महानायकका साथै ‘सुनको खम्बा’ भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्