“कालापानीको मुद्दालाई चाँडै सुल्झाउनुपर्छ” : राजदूत आचार्य



१२ साउन, काठमाडौं । भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले कालापानीको मुद्दालाई ‘दिक्दारीको कारण’ भन्दै चाँडै सुल्झाउनुपर्नेमा जोड दिएका छन्।

टाइम्स अफ इन्डियामा अन्तर्वार्ता दिँदै आचार्यले दुई देशबीचको सीमा निर्धारणमा लभभग सहमति भइसकेको भन्दै अब सानो अंशलाई सुल्झाउन धेरै कठिन नहुने विश्वास व्यक्त गरे।

‘यो च्याप्टरलाई बन्द गर्ने एउटा मात्रै बाटो भनेको मुद्दाको सम्बोधन र समाधान गर्नु हो,’ आचार्यले भनेका छन्। राजदूत आचार्यले भगवान रामका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति कुनै राजनीतिक विषयवस्तुसँग गाँसिएको छैन, उनले भने ।

प्रतिक्रिया दिनुहोस्