‘टाइगर–३’ मा सलमान र कट्रिना फाइनल



१० साउन २०७७, काठमाडौँ

सलमान खान र कट्रिना कैफको जोडीलाई बलिउडमा निकै लोकप्रिय मानिन्छ । यी दुईले एकसाथ धेरै चलचित्रमा काम गरिसकेका छन् । दुईको केमेष्ट्रि गज्जबको भएकाले दर्शक पनि चलचित्रमा यी दुईलाई सधैँ नै उत्साहित रहन्छन् ।

अन्तिम पटक यी दुईले चलचित्र भारत मा एकसाथ काम गरेका थिए । अब सलमान र कट्रिना फेरि पर्दामा एकसाथ आउने भएका छन् । यी दुई टाइगर ३ मा एकसाथ देखिन लागेका हुन् ।

यी दुईले टाइगरको अघिल्ला २ सिरिजमा पनि एकसाथ काम गरेका थिए । दुवै सिरिज निकै सफल भएका थिए । निर्देशक मनिष शर्माले चलचित्रलाई निर्देशन गर्नेछन् । उनले केहीदिन अघिमात्र चलचित्रको कथा सलमानलाई सुनाएका थिए ।

२ लाइन स्टोरी सुन्ने बित्तिकै सलमानले चलचित्रको लागि तयार भएको बताएका थिए । चलचित्र एक्सनप्रधान हुने बताइएको छ । बाकिँ जानकारी केहीदिन पछि निर्माण टिमले दिने भारतीय मिडियाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्