असोजबाट सुरु हुदैँ ‘कमेडी च्याम्पियन २’



०९ साउन २०७७, काठमाडौँ

कमेडी च्याम्यिपन दर्शकमाझ निकै नै लोकप्रिय भएको रियालिटी शो हो । यस शो लाई दर्शकले औधी नै रुचाए । दर्शकको धेरै माया पाएको कारणले नै कमेडी च्याम्पियन टिमले कमेडी च्याम्पियन २ ल्याउने घोषणा गरेको छ । ्

कमेडी च्याम्पियन २ का लागि लगभग सबै तयारी पुरा भैसकेका छन् । अब असोजबाट नै कमेडी च्याम्पियन २ दर्शकले हेर्न पाउनेछन् । कमेडी च्याम्पियन २ को प्रोमो समेत सार्वजनिक भैसकेको छ ।

यो शोको निर्णायकमा पनि सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्माले नै निरन्तरता पाउने भएका छन् । शोको पहिलो सिजमा हिमेश पन्त विजयी भएका थिए भने सुमन कोइराला र खड्गबहादुर पुन क्रमशः दोस्रो र तेस्रो हुन सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्