पर्दामा एकसाथ देखिदैँ प्रभाष र दिपिका, दिपिकाले २० करोड लिदाँ प्रभाषलाई ५० करोड



०८ साउन २०७७, काठमाडौँ

बलिउडकी बहुचर्चित नायिका दिपिका पादुकोणले पहिलो पटक साउथ स्टार प्रभाषसँग स्क्रिन सेयर गर्ने भएकी छिन् । तेस्रो विश्वयुद्धको विषयमा उक्त चलचित्र निर्माण हुने बताइएको छ ।

चलचित्रको लागि दिपिकाले निकै महंगो पारिश्रमिक बुझेको भारतीय मिडियाले जनाएको छ । दिपिकाले उक्त चलचित्रको लागि २० करोड भारु लिएको बताइएको छ ।

दिपिकाले २० करोड पारिश्रमिकमा चलचित्र साइन गर्दा निर्माण टिमले प्रभाषलाई ५० करोडमा चलचित्र साइन गराएको बताइएको छ । यद्यपि यसबारे दुवै कलाकारले अहिलेसम्म केही भने बताएका छैनन् । फिल्मको नाम भने हालसम्म सार्वजनिक गरिएको छैन । चलचित्रलाई नाग अश्विनले निर्देशन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्