‘फिल्म क्षेत्रका लागि राजेश हमाल नै महानायक र भगवान हुनुहुन्छ’ : पल शाह



३१ असार २०७७, काठमाडौँ

अभिनेता पल शाहले पनि महानायक विवादबारे बोलेका छन् । उनले राजेश हमाल नै महानायक भएको बताएका छन् । पलले फिल्म क्षेत्रमा राजेश हमालको योगदान सबैभन्दा धेरै भएको समेत तर्क दिएका छन् ।

उनले आफू स्वयम पनि राजेश हमालको निकै ठूलो फ्यान भएको बताएका छन् । उनले सानो छदाँ राजेश हमालको फिल्म लाग्दैछ भन्ने सुनेपछि आफू हलमा तछाडमछाड गर्दै फिल्म हेर्न जाने गरेको अनुभव समेत सुनाए ।

उनले भने,‘मेरो लागि महानायक पनि उहाँ नै हो र फिल्म क्षेत्रका लागि भगवान पनि उहाँ नै हो । मलाई लाग्छ दर्शकहरुका पनि महानायक राजेश हमाल नै हो ।’

प्रतिक्रिया दिनुहोस्