टोखा नगरपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि



२८ असार २०७७, काठमाडौं

टोखा नगरपालिका -६, हरियाली बस्तीका तीन स्थानीयसहित चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले गत साता उपत्यकाका विभिन्न १२ स्थानबाट एक-एक सयका दरले पीसीआर परीक्षणका लागि नमूना संकलन गरेको थियो । सो क्रममा टोखाको हरियाली बस्तीबाट समेत नमूना लिइएको थियो ।

ईडीसीडीका एक कर्मचारिका अनुसार हरियाली बस्तीबाट एक सय बढीको नमूना ल्याइ जाँच गर्दा तीनजना स्थानीयसहित चारजनामा कोरोना पोजेटिभ आएको छ । एकजना कैलालीबाट आएर क्वारेन्टिनमा बसेको व्यक्ति थिए भने तीनजना हरियाली बस्तीकै बासिन्दा हुन् ।

ईडीसीडीले यसअघि कन्ट्याक्ट ट्रेसिङमा स्रोत नखुलेका विभिन्न स्थानका केसहरुलाई आधार मानी त्यस स्थानका कम्तिमा एक सयका दरले नमूना संकलन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्