सलमान खानसहित ८ जनाविरुद्ध परेको मुद्धा अदालतद्धारा खारेज



२६ असार २०७७, काठमाडौँ

सुशान्त सिंह राजपुत आत्महत्या काण्डले बलिउडमा हगांमा नै मच्चिएको छ । सुशान्तको निधनपछि बलिउडमा नेपोटिज्मको चर्को विवाद सुरु भयो । यस्तै सुशान्तको आत्महत्या प्रकरणमा करण जौहर, सञ्जय लिला भन्साली लगायत ८ जनालाई मुद्धा समेत परेको थियो ।

अदालतले आज सबै मुद्धा खारेज गरिदिएको छ । एक वकिलले उनीहरू विरुद्ध असार पहिलो साता सुशान्तसिंह राजपुतको मृत्युको कारण भन्दै बिहार अदालतमा मुद्दा दायर गरेका थिए ।

वकिल सुधिर कुमार ओझाले सलमान खान, करन जोहर, एकता कपुर, सञ्जयलीला भन्सालीका साथै आदित्य चोपडा, साजिद नाडियडवाला, भुषण कुमार र निर्देशक दिनेशका विरूद्ध मुद्दा हालेका थिए । हिजो प्रहरीले निर्देशक सञ्जयलीला भन्सालीदेखि सुशान्तकी प्रेमिका मानिएकी अभिनेत्री रिया चक्रवर्तीलगायतलाई सोधपुछ गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्