भुवनको पक्ष लिदैँ कलाकार युवराज लामाले भने, ‘हिरोइन भएपछि यति सहनुपर्छ’



 

२५ असार २०७७, काठमाडौँ

युवराज लामा नेपाली चलचित्र जगतका सिनियर कलाकार हुन् । उनले थुप्रै सुपरहिट चलचित्रमा काम गरेका छन् । उनै युवराजले साम्राज्ञी र भुवन विवादबारे आफ्नो भनाइ राखेका छन् ।

उनले साम्राज्ञीमाथि भुवनले साच्चै नै दुव्र्यवहार गरेका हुन् भने उनले पक्कै पनि यसबारे आवाज उठाउनु पर्ने तर सामान्य छोएको, अकंमाल मात्र गरेको भए यस्ता कुरामा विवाद गर्न आवश्यक नरहेको बताएका छन् ।

उनले भनेका छन्, ‘भुवन केसी रोमान्टिक मानिस हुन् । कलाकार नै रोमान्टिक हुन् । त्यसैले, सामान्य छुँदा, अंगालो हाल्दा यता उता हुँदा यो कुरालाई विवादमा ल्याउनु हुँदैन् ।’ साथै, उनले साम्राज्ञीलाइ साच्चै नै दुरव्यर्वहार नै गरेको हो भने चाहिँ केही गर्नुपर्ने बताए । उनले भेन, ‘भुवनले साच्चै उनलाई दुरव्यर्वहार गरेको हो भने बोल्न पर्छ । तर, सामान्य अंगालो हालेको, छोएको, हात समाएको मा विवाद गर्नुहुन्न । त्यसमाथि पहिला नबोलेर अहिले बोल्नुले पनि फरक पार्छ ।’

प्रतिक्रिया दिनुहोस्