ट्रोल गर्नेलाई दिपकको जवाफ : ‘मेरो गल्ती बिना नै मलाई जबरजस्ती महानायक बनाइदिने सबैलाई धन्यवाद’



२४ असार २०७७, काठमाडौँ

यतिबेला सामाजिक सञ्जालमा दिपाश्री निरौला र राजेश हमाल विवादले निकै नै चर्चा पाइरहेको छ । दिपाले एक अन्तवार्तामा राजेश हमाल महानायक हो र ? भनेपछि उनी विवादमा तानिएकी हुन् ।

दिपा धेरै विवादमा तानिएपछि दिपकले उनको समर्थन गरेका थिए । उनले दर्शकलाई दिपाको भनाईको तात्पर्य बुझ्न आग्रह गरेका थिए । तर उनी पनि उल्टै विवादमा तानिए । उनलाई धेरैले महानायक बन्न खोजेको बताए । यतिबेला धेरैले दिपकलाई महानायक भन्दै उनको मजाक उडाइरहेका छन् ।

दिपकले सामाजिक सञ्जालमार्फत यसको जवाफ दिएका छन् । उनले यो क्षेत्रमा कहिल्यै पनि महानायक बन्ने सोचले आफू नआएको बताएका छन् । साथै कुनै गल्ती बिना नै आफूलाई महानायक बनाइदिने सबैलाई उनले धन्यवाद समेत दिएका छन् ।

दिपकको स्टाटस जस्ताको तस्तै-

जब देखि कलाकार भएं ,
हरिदाइ, मदन दाइ र सन्तोष पन्त दाइ जस्तो बन्न पाए हुन्थ्यो भन्ने सोच्थे
मेरो बाटो ,मेरो लक्ष कहिले पनि महानायकको घर तिर मोड़िएन,
मेरो गल्ति बिना नै मलाइ जबरजस्ती महानायक बनाउनेहरू लाइ धन्यवाद….
जब असत्य चिच्याइ चिच्याइ बोलेर भिड जम्मा गरिरहेको हुन्छ
सत्यले चूपचाप आफ्नो बाटो हिड्नु राम्रो ..

 

प्रतिक्रिया दिनुहोस्