फेवाताल सफा गर्दै ‘प्रेमगीत ३’ टिम



२३ असार २०७७, काठमाडौँ

चलचित्र प्रेमगीत ३ को टिम यतिबेला सामाजिक कार्यमा जुटिरहेका छन् । विभिन्न ठाउँमा गएर उनीहरुले सामाजिक कार्य गरिरहेका छन् ।

केहीदिन अघिमात्र प्रेमगीत ३ का निर्माता सन्तोष सेन, अभिनेता प्रदिप खड्का र कार्यकारी निर्माता चक्रबहादुर चन्द पोखराको फेवाताल पुगेका छन् । उनीहरुले फेवाताल सरसफाई गरेका छन् ।

यो टिम अहिले पश्चिम क्षेत्रका बिभिन्न स्थानमा गएर सामाजिक दुरी कायम राखी बिभिन्न सामाजिक कार्यमा समेत् संलग्न भएको थियो। यसअघी चितवनको देवघाट क्षेत्रमा बृक्षारोपण गरेको थियो ।भने सुर्खेत र नेपालगन्जमा बिभिन्न कार्यमा सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्