ज्याकलिनले अचानक छोडिन् सलमानको फार्महाउस, यस्तो रहेछ कारण…



२२ असार २०७७, काठमाडौँ

ज्याकलिन फर्नान्डेज र सलमान खान दुवै बलिउडका लोकप्रिय कलाकार हुन् । यी दुईले साथमा केही चलचित्रमा काम पनि गरेका छन् । दुईको जोडीलाई दर्शकले खुबै रुचाउने गरेका छन् ।

भारतमा लकडाउन सुरु भएदेखि ज्याकलिन सलमानसँगै उनको फार्महाउसमा बस्दै आएकी थिइन् । उनीहरुले फार्महाउसमै एक म्यूजिक भिडियो तयार पनि पारेका थिए । तर ज्याकलिनले अचानक फार्महाउस छाडेकी छिन् ।

उनले सामाजिक सञ्जालमार्फत अहिले आफू आफ्नै घरमा भएको जानकारी दिएकी छिन् । उनीहरु फार्महाउसमा सँगै बसेकाले धेरैले उनीहरुबिच अफेयर भएको शंका समेत गरेका थिए । तर ज्याकलिनले सलमान आफ्नो राम्रो साथी भएका कारण उनको फार्महाउसमा बसेको बताएकी छिन् ।

भारतिय मिडियाका अनुसार केहिदिन अगाडी ज्याकलिनको बस्न गएका कारण उनीहरु बिच खटपट भएको र उनले फार्महाउस छोडेकी हो ।

प्रतिक्रिया दिनुहोस्