आज नायिका स्वस्तिमा खड्काको जन्मदिन, शुभकामना दिनेको ओइरो



२० असार २०७७, काठमाडौँ

स्वस्तिमा खड्का पछिल्लो समयकी निकै नै चर्चित र डिमाण्डेड नायिका हुन् । उनी एकपछि अर्को चलचित्रमा लगातार काम गरिरहेकी छिन् । आज उनै नायिका स्वस्तिमा खड्काको जन्मदिन रहेको छ ।

स्वस्तिमा आजबाट २५ बर्ष पुरा भएर २६ मा लागेकी छिन् । उनको जन्मदिनको अवसरमा उनलाई सामाजिक सञ्जालमा उनका फ्यान र शुभचिन्तकले जन्मदिनको शुभकामना दिइरहेका छन् ।

अहिले कोरोनाका कारण माहोल त्यति राम्रो नभएकाले स्वस्तिमाले अन्य बर्ष झैँ रमाइलोसँग यसबर्ष आफ्नो जन्मदिन भने मनाउन पाइनन् । हाम्रो तर्फबाट पनि स्वस्तिमालाई जन्मदिनको धेरै शुभकामना ।

प्रतिक्रिया दिनुहोस्