‘मलाई सैफसँग विवाह नगर भन्ने मानिस धेरै थिए’ : करिना कपुर



१६ असार २०७७, काठमाडौँ

सैफ अली खान र करिना कपुर खान बलिउडका क्युट जोडीमध्येका एक हुन् । यी दुईले सन् २०१२ मा विवाह गरेका थिए । सैफले करिनासँग भन्दा अगाडी अमृतासँग विवाह गरेका थिए । अमृतासँग डिभोर्स भएपछि नै सैफले करिनासँग विवाह गरेका थिए ।

तर उनीहरुको विवाहमा धेरै बाधा पनि आएका थिए । करिनालाई धेरैले सैफसँग विवाह नगर्न सल्लाह दिएका थिए । उनै अगाडी नै डिभोर्स भएको अभिनेता भएकाले उनले करिनालाई पनि धोका दिन सक्ने उनका आफन्तले नै बताएका थिए ।

करिनाले यी सब कुराहरु करण जौहरको शो मा भनेकी थिइन् । करिनाले सेफसंग विवाह हुनुपूर्वको स्थितिबारे जानकारी दिदै भनिन्, ‘मैले त्यसबेला भनेको थिए, मैले प्रेम गरेकी हुँ । कुनै अपराध होइन । यदि कालान्तरमा केहि भएमा त्यसबेला सौचौला ।

प्रतिक्रिया दिनुहोस्