सुशान्तको कथामा चलचित्र बन्दै



१२ असार २०७७, काठमाडौँ

सुशान्तको निधनपछि बलिउडका केही निर्माता निर्देशकले सुशान्तको कथामा आधारित चलचित्र निर्माण गर्ने तयारी गरिरहेका छन् । बलिउडका चर्चित निर्देशक सनोज मिश्रले त सुशान्तको कथामा स्क्रिप्ट लेख्न समेत सुरु गरिसकेका छन् ।

तर चलचित्र सुशान्तको बायोपिक भने होइन । सुशान्तको जीवनमा घटेका घटनालाई नै चलचित्रमा देखाइने बताइएको छ । चलचित्रको नाम पनि सुशान्त नै रहने सनोजले बताएका छन् ।

यस भन्दा अगाडि, सामिक मौलिकले सुशान्तकै कथामा चलचित्र बनाउने घोषणा गरिसकेका छन् । उनले, ‘सुसाइड और मर्डर’ नामक चलचित्र बनाउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्