आत्महत्याको कारण भिडियोमा कैद गर्दै यी अभिनेत्रीले गरिन आत्महत्या



२१ जेठ २०७७, काठमाडौं

मनोरञ्जन जगतकी अर्की एक अभिनेत्रीले  आत्महत्या गरेकी छिन् । २९ वर्षकी नायिका चन्दनाले २८ मे मा आफ्नो घरमा विष सेवन गरेर आत्महत्या गरेकी हुन् ।

भारतीय सञ्चार माध्यमले चन्दनाको आत्महत्याको कारण उनका प्रेमी बताएको छ । आत्महत्या गर्नुअघि चन्दनाले आफ्नो एउटा भिडियो रेकर्ड गरेकी थिइन् जसमा उनले प्रेमीमाथि धोका दिएको आरोप लगाएकी छिन् ।

रिपोर्टका अनुसार चन्दना दिनेश नामका एक युवकसँग पछिल्ला केही वर्षदेखि डेट गरिरहेकी थिइन् । उनले दिनेशसँग विवाहको कुरा निकाल्दा सधैं केही न केही बहाना बनाएर टार्ने गरेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्