फोनपेले पायो पेमेन्ट कार्ड ईण्डष्ट्री डाटा (PCI DSS) सुरक्षा मापदण्ड



२० जेठ २०७७, काठमाडौं

फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमति प्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली अपरेटर हो । फोनपे नेटवर्कमा ५२ वटा बैक तथा वित्तीय संस्था, एक लाख ४० हजार मर्चेन्ट रहेका छन् भने ११ लाखमोबाईल बैंकिङ प्रयोगकर्तामा यसले सेवा प्रदान गर्दै आएको छ ।

दैनिक एक लाखभन्दा बढि कारोबार हुँदै आएको फोनपे लेविश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड ईण्डष्ट्री डाटा सुरक्षा मापदण्ड’पीसीआइ डिएसएस भि थ्रि.टु.वान (PCI DSS v3.2.1) प्रमाणीकरण प्राप्त गरेको छ ।

योसँगै कम्पनीको पुरा प्लाटफर्म पिसिआई डिएसएस मान्यता प्राप्त सेवा प्रदायकको उपलब्धी हाँसिल गरेको छ । यस प्रमाणीकरणले फोनपेको दायरा अन्तरगत गरिएका सबै कारोबार सुरक्षित रहेका छन् र भुक्तानगर्ने ग्राहकका हरेक डाटा सुरक्षा गर्न कम्पनी प्रतिवद्ध छ भन्ने कुराको प्रमाणित गरेको छ ।

भुक्तान कार्ड उद्योग डाटा सुरक्षा मापदण्ड (PCI DSS) भुक्तान कार्ड  उद्योग सुरक्षा मापदण्ड काउन्सिल (PCI SSC) द्धारा अवलम्बनगरिएको अनिवार्य कडा मापदण्डहरुको सेट हो । जहाँ कम्पनीले पीसीआइद्धारा उल्लेख गरिएका मापदण्डहरू पुरा गर्नुपर्दछ । यसले डाटाको भण्डारण,प्रक्रियातथा डाटाहरुको सुरक्षागर्दछ भने भुक्तानीमा हुने धोकाधडी अर्थात् फ्रड कार्यलाई लाई रोक्दछ ।

टेक्नोलाजी विक्रेताहरूका लागि पीसीआइ डिएसएस स्तर प्रमाणिकरण प्राप्त गर्नका लागि पीसीआइ मापदण्ड अनुसार आफ्नो टेक्नोलोजी,नेटवर्क र आन्तरिक प्रक्रियाहरूको सुनिश्चितगर्न विस्तृत अडिट हुन्छ । फोनपेले पनि QSA SISA को पूर्ण अडिट पछि यो पीसीआई डिएसएस अनुरुप रहेको पुष्टि गर्दै प्रमाणिकरण प्राप्त गरेको हो ।

फोनपेका प्रमुख टेक्निकल अफिसर दिवस सापकोटाले भन्नुभयो‘ फोन पे नेपालमा यस किसिमको प्रमाणिकरण प्राप्तगर्ने गैर कार्ड आधारित पहिलो पिएसओ हो । यसले पीसीआइ डिएसएस अनुपालन गर्नका लागि आफैले आफैलाई प्रश्नावली (SAQ) गर्दै आफ्नो पूर्वाधारमा थप लगानी गर्न सक्षम बनाउछ । यसबाट ग्राहकको डाटा सुरक्षा हुनुका साथै  डाटा उलंघनको जोखिमलाई हटाउँछ र कुनै पनि संदिग्ध उलंघनको छानविनको दायरा बढाइ संस्था तथा ग्राहकको वीत्तिय क्षतिको जोखिम हटाउँछ’ ।

सिसा विश्वव्यापीका संस्थापक तथा सिइओ धर्सन शान्तमुर्तिले भन्नुभयो‘ पीसीआइ डिएसएस प्राप्त गर्न र नेपालको पहिलो भुक्तान सेवा अपरेटर कम्पनीको रुपमा माइलस्टोन प्राप्त गर्न सफलभएकोमा फोनपे टिमलाई बधाई छ । फोनपेले अब डाटा सुरक्षा गर्न र जोखिम न्यूनिकरण गर्नका लागि आधार खडा गरेको छ । जब संस्थाहरु आफ्नो समय र लगानी यस किसिमका क्षेत्रका लागी खर्च गर्छन्, हामी बझ्दछौँ की उनीहरुले आफ्नो ग्राहकको डाटा सुरक्षाका लागि कति महत्व दिन्छन् । पीसीआई डिएसएस प्रमाणीकरणको साथ कम्पनीले ग्राहकका भुक्तानी वातावरण सुरक्षित राख्न सबै आवश्वक प्रविधिका उच्च सु्रक्षा सुनिश्चित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्