यसकारण रेखासँग आमिरले कहिल्यै खेलेनन् फिल्म….



१५ जेठ २०७७, काठमाडौँ

आमिर खान र रेखा दुवै बलिउडका निकै नै सफल कलाकार हुन् । आमिर कुनै समयमा रेखासँग काम गर्न चाहन्थे । तर यी दुई कलाकारले एकसाथ कहिल्यै पनि चलचित्रमा काम गरेनन् ।

यसको रहस्य अहिले आएर खुलेको छ । वास्तवमा रेखाले सेटमा गर्ने व्यवहार आमिरलाई पटक्कै मन पर्दैनथ्यो । उनी रेखाबाट कहिल्यै प्रभावित नै हुन सकेनन् । त्यसकारण नै पछि उनलाई रेखासँग काम गर्न मन नै लागेन ।

आमिरले रेखालाई उनका पिता ताहिर हुसैनसँग फिल्म ‘लकेट’ मा काम गरेको समयमा भेटेका थिए । आमिरले रेखाले फिल्मको सेटमा देखाउने व्यवहार निकै गहिरो रुपमा अध्ययन गरे । रेखाको काम गर्ने शैली र सुस्तताका कारण फिल्मको शुट बारम्बार दोहोर्याउनु परेको आमिरले देखेका थिए । यसैकारण उनले रेखासँग फिल्म नखेलेको भारतीय सञ्चार माध्यमको ठम्याई छ ।

प्रतिक्रिया दिनुहोस्