कोरोनाबाट मुक्त भए बलिउड अभिनेता किरण कुमार



१५ जेठ २०७७, काठमाडौँ

बलिउड कलाकार किरण कुमारलाई कोरोना पोजेटिभ देखिएपछि उनी क्वारेन्टाइनमा रहेका थिए । भारतीय मिडिया अनुसार अहिले किरण कुमार कोरोना मुक्त भएका छन् ।

हुन त किरण कुमारलाई कोरोना पोजेटिभ देखिएपनि कोरोनाका कुनै लक्षण भने देखिएको थिएन । कोरोना पोजेटिभ देखिएपनि किरण कुमार आफ्नै घरको तेस्रो तल्लामा क्वारेन्टाइनमा रहेका थिए ।

उनको परिवार उनको घरको दोस्रो तल्लामा क्वारेन्टाइनमा रहेको छ । किरण कुमारले पनि आफू स्वस्थ रहेको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन् । साथै उनले सबैलाई सुरक्षित रहन पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्