नायिका सुरक्षा पन्त लेख्छिन्, ‘फेसबुक त देशबुक पो भएछ’…



०९ जेठ २०७७, काठमाडौँ

यतिबेला सबैको ध्यान देशको सिमानाको कुरा, मनिषाको ट्वीट र त्यसले पाएको आलोचनामा रहेको छ । हेर्ने हो भनेपनि केहीदिन देखि सामाजिक सञ्जाल यिनै कुराले भरिएको छ ।

कतिले सिमानाको विषयमा आवाज उठाइरहेका छन् भने कति मनिषाको समर्थनमा उत्रिएका छन् । यसबिच विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस ओझेलमा परेको छ ।

नेपालमा कोरोना संक्रमित बढेका बढ्यै छन् । मृतकको संख्या पनि थपिदैँ गएको छ । देशको स्थिति दिनप्रतिदिन त्रासमय बन्दै गएको छ । तर रास्ट्रीयता, रास्ट्र प्रेमको विषयले हो या सामाजीक संजालको समुचित प्रयोग अभाव, चर्चाको विषय बाढीएको छ । संक्रमितको संक्या बढ्दै जादा परिक्षण भने हुनु पर्ने गतिमा हुन सकेको छैन ।

यी सबै कुरालाई ध्यानमा राख्दै नायिका सुरक्षा पन्तले व्यंग गरेको पारामा फेसबुकमा स्टाटस लेखेकी छिन् ।

उनको चासो जायज देखिन्छ । देश बचाउन अघि आफु पनि बाच्न पक्कै जरुरी छ । उनी लेख्छिन्,’ फेसबुक त देशबुक जस्तो देखिराको रहेछ त१ सांच्ची यो कोभिडको टेस्टिङ बढ्ने छांट्काट के भैराको छ रु सिमानाको कुरामा जोस अनि महामारीको नियन्त्रणमा होस संगसंगै गएनभने देशको माया गरेको त मत्लबै भएन नि!’

प्रतिक्रिया दिनुहोस्