मनिषाको आलोचना गरेपछि आक्रोशित हुदैँ ऋचाले लेखिन्, ‘भारतीय मिडियाबाट २ पैसे नौटंकी भन्दा बढी आश छैन’



०९ जेठ २०७७, काठमाडौँ

मनिषाले तयार पारेको नयाँ नक्साबारे ट्वीट गरेपछि यतिबेला भारतीय मिडियाले उनको निकै नै आलोचना गरिरहेको छ । भारतीय मिडियाले उनले भारतको खाएर चीनको गुनगान गाएको बताइरहेको छ ।

यसैबिच मनिषाको आलोचना सुरु भएपछि नेपालका कलाकार मनिषाको समर्थनमा उत्रिएका छन् । अहिले सामाजिक सञ्जालभरि मनिषाकै मात्र चर्चा छ । धेरै नेपाली कलाकारहरुले सामाजिक सञ्जालमा स्टाटस लेख्दै मनिषाको समर्थन गरिरहेका छन् ।

यसैबिच नायिका ऋचा शर्माले पनि सामाजिक सञ्जालमा स्टाटस लेख्दै भारतीय मिडियालाई गतिलो जवाफ दिएकी छिन् ।

नायिका ऋचा शर्माले आफूले भारतीय मिडियाबाट दुई पैसे नौटंकीभन्दा बढी आशा नै नगरेको उल्लेख गरेकी छिन् । ऋचा लेख्छिन्–‘चाहे १९४२ लभ स्टोरी होस् या दिल से वा खामोशी । मनिषा कोइरालाले आफ्नो पौरख र प्रतिभाले नाम कमाएकी हुन् । भारतकै भूमिमा जन्मिएका कैयौ कलाकारहरु समयसँगै बलिउडको चौघेराबाट हराउँदै गए । तर, मनिषा आज पनि बलिउडमा दरिलो उपस्थिती जनाएर बसेकी छिन् । कसैको कृपा र परोपकारले उनी बलिउडमा छाएकी होइनन् ।’

ऋचाले प्रियंका चोपडाले पनि हलिउडमा राम्रो स्थान बनाएको भन्दैमा उनले आफ्नो मातृभूमी भारतलाई विर्सिन भन्न नमिल्ने पनि उल्लेख गरेकी छिन् । ऋचाले लेखेकी छिन्–‘म चाहे बीसौ बर्ष कुनै संस्थामा काम गरुँ, त्यसका हाकिम मेरा लागि सधै हाकिम नै हुन्, माता वा पिता होइनन् ।’

ऋचाले समाजलाई भड्काउने बिषय वेच्नमा भारतीय मिडिया धेरै अगाडि रहेको पनि उल्लेख गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्