नेपालको समर्थन गरेपछि मनिषा कोइरालमाथि भारतीय सञ्चारमाध्यमको आक्रोश (भिडियो)



०८ जेठ २०७७, काठमाडौँ

नेपाल सरकारले कालापानी र लिपुलेक समेटेको नयाँ नक्शा केहीदिन अघि सार्वजनिक गरेको छ । अहिले भारतले उक्त कुराको निकै नराम्रोसँग विरोध गरिरहेको छ ।

नेपालको नयाँ नक्शा मनिषा कोइरालाले पनि सेयर गरिन् । मनिषा नेपालकी छोरी हुन् । तर उनको कर्मथलो भारत बन्यो । उनी बलिउडकी चर्चित नायिकाको सुचीमा आजपनि पर्छिन् । त्यसैकारणले भारतीय मिडियाले मनिषाको निकै नराम्रोसँग आलोचना गरिरहेको छ ।

नाम, दाम भारतमा कमाउने अनि आवश्यक परेको बेला नेपालको समर्थन गर्ने भन्दै उनको विरोध गरिएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरेको ट्विटलाई मनिषाले रि-ट्विट गरेकी थिइन् । उनले लेखेकी छन्, ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद । अब हामी तीन महान देशहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौं ।’

यहि विषयलाई लिएर भारतीय टेलिभिजन एबिपीले भारतको खाएर चिनको समर्थन गरेको उल्लेख गरेका छन् । उनलाई भारतले नै चिनाएको तर अहिले आएर नेपालको तरफदारी गरेको समेत भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्