बिरामी आमालाई लिएर गाउँ गए नवाजुद्यीन, श्रीमती आलियाले पठाइन् डिभोर्स नोटिस



०६ जेठ २०७७, काठमाडौँ

बलिउडका चर्चित अभिनेता नवाजुद्यीन केहीदिन यता निकै समस्यामा परेका छन् । एकातिर आमा बिरामी भएपछि आफ्नो पुर्खौली गाउँ लैजानु पर्यो त उता श्रीमतीले डिभोर्स नोटिस पठाइन् ।

न्वाजुद्यीनकी श्रीमती आलियाले डिभोर्स नोटिसमा अंशको माग पनि गरेकी छिन् । भारतीय सञ्चार माध्यमसँगको एक कुराकानीमा आलियाका वकिल अभय सहायले आलियाले नवाजलाई उक्त नोटिस ह्वाट्सएप र इमेलमार्फत् पठाएको जानकारी दिए ।

भारतीय मिडियासँगको कुराकानीमा आलियाले पनि नवाजसँगको सम्बन्धविच्छेदको खबर पुष्टि गरिन् । यद्यपि, उनले यसको कारण पनि बताइनन् । तर उनले कुनै न कुनै कारण भएरै त यस्तो निर्णय लिइएको बताइन् । उनले भनिन्, ‘लकडाउनमा उनले यसबारे सोच्ने समय पाए । नवाजसँग मेरो सम्बन्ध निकै तनावपूर्ण छ र म निकै लामो समयदेखि उनीबाट अलग्गिएर बसिरहेकी छु ।’

प्रतिक्रिया दिनुहोस्