समस्यामा परेका फिल्मकर्मीलाई मन्त्री मानन्धरले गरे खाद्यान्न सहयोग



०३ जेठ २०७७, काठमाडौँ

लकडाउनका कारण नेपाली सिनेमाका प्राविधिक तथा कम आय भएका कलाकारहरु पनि मर्कामा परेका छन् । त्यसैकारण विभिन्न कलाकारहरुले आफूले सकेजति सहयोग गरिरहेका छन् ।

यसैबिच सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले समस्याका परेका चलचित्रकर्मीलाई खाद्यान्न सहयोग गरेका छन् । विकास राज्यमन्त्री रामवीर मानन्धरको पहलमा शुक्रबार २ सय ७० जना फिल्मकर्मीलाई ६ हजार ७ सय ५० केजी चामल र ८ सय २५ केजी दाल हस्तान्तरण गरिएको हो ।

२ सय ७० जना फिल्मकर्मीका लागी २५ के.जीको एक एक बोरा चामल र तीन केजीका दरले दाल उपलब्ध गराईएको चलचित्र निर्माता संघका अध्यक्ष तथा चलचित्र प्रवद्र्धन एवं समन्वय समितिका संयोजक आकाश अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्