चलचित्र विकास बोर्ड को नयाँ अध्यक्षको लागि १० जनाबिच प्रतिस्पर्धा



०३ बैशाख २०७७, काठमाडौँ

केशव भट्टराईको निधनपछि चलचित्र विकास बोर्ड मा नयाँ अध्यक्ष चुनिएको छैन । अहिले चलचित्र विकास बोर्डको नयाँ अध्यक्षको लागि उम्मेवादर छानिने काम भैरहेको छ ।

विकास बोर्डको अध्यक्षको लागि १० जना उम्मेदवार छानिएका छन् । आवेदन दिनेहरुमा निर्देशक तथा विकास बोर्डका सदस्य दयाराम दाहाल, अभिनेता भुवन के, सी., निर्माता तथा संगीतकार अर्जुन कुमार डंगोल, साँस्कृतिक संस्थानका पूर्व महाप्रवन्धक राजेश थापा, कलाकार भगवती कुमारी मैनाली उप्रेती (भीमा), ध्यान बहादुर राई, परशुराम चौधरी, कलाकार तथा हल संचालक सोहित मानन्धर, निर्देशक राजेन्द्र कुमार उप्रेती र निर्देशक दिपक श्रेष्ठ रहेका छन् ।

प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरि नेपाली चलचित्र विकास, संरक्षण तथा प्रबर्धनमा निरन्तर रुपमा कम्तीमा २० वर्ष काम गरेको व्यक्तिले पनि आवेदन दिन सक्ने मापदण्ड तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्