कोरोनाको त्रास बढिरहदाँ सामाजिक दुरीको बेवास्ता गर्दै देखिए आमिर, फ्यानले गरे गाली



०२ जेठ २०७७, काठमाडौँ

बलिउडका चर्चित अभिनेता आमिर खानका पर्सनल असिस्टेन आमोश पल नादारको बुधबार निधन भयो । सोहि दिन उनको अन्तिम संस्कार पनि गरियो । आमोशको अन्तिम संस्कार मुम्बईमा गरिएको थियो ।

आमिर आमोशको अन्तिम संस्कारमा आफ्ना परिवार सहित पुगेका थिए । उनले माक्स र सेनिटाइजर त प्रयोग गरेका थिए । तर कोरोनाको समयमा बारम्बार सामाजिक दुरी कायम गर्ने बताइरहदाँ आमिर भने आफ्नो परिवारलाई अकंमाल गर्दै बसेको देखियो ।

जसका कारण उनका फ्यानहरुले उनलाई गाली गरेका छन् । धेरैले कोरोनाको समयमा लापरवाही नगर्न आमिरलाई सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्