आज साँझ गरिदैँ ऋषिको अत्येष्टि, आलिया, करीना लगायत १५ जना जानेछन् अन्तिम संस्कारका लागि



१८ बैशाख २०७७, काठमाडौँ

आज बिहान बलिउडका चर्चित अभिनेता ऋषि कपुरको निधन भयो । उनको निधनका कारण यतिबेला पुरा बलिउड नै स्तब्ध छ । यस्तै ऋषिको आज साँझ नै अत्येष्टि गरिने बताइएको छ ।

लामो समयदेखि क्यान्सर रोगबाट गुज्रिरहेका ऋषिको आज मुम्बईस्थित एचएन रियायन्स फाउण्डेसन अस्पतालमा निधन भएको छ । कोरोनाका कारण उनको अन्तिम संस्कारमा मात्र १५ जना जाने भएका छन् ।

निधनपछि ऋषिलाई हेर्न अस्पतालमा ऋषिकी श्रीमती नितु कपुर, छोरा रनवीर कपुरसँगै नायिका आलिया भट्ट, ऋषिकी भतिजी नायिका करीना कपुर र सैफअली खानपनि पुगेका थिए ।

यस्तै दिल्लीमा रहेकी ऋषिकी छोरी रितिमा पनि मुम्बईको लागि निस्किसकेकी छिन् । अन्त्यष्टिको समय निश्चित नगरिए पनि उनको लाश हस्पिटलबाट सिधा चन्दनवाडी शमशान घाट लगिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्