सरकारको प्रक्षेपण-‘आर्थिक वृद्धिदर २.२७ प्रतिशतमा खुम्चिने’



१७ वैशाख २०७७, काठमाडौं

चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.२७ प्रतिशतमा खुम्चिने भएको छ ।

सरकारले चालु आवको आर्थिक वृद्धिदर ८.५ प्रतिशतको लक्ष्य राखेको भएपनि आर्थिक वृद्धिदर २.२७ प्रतिशत मै सीमित रहने भएको हो । केन्द्रिय तथ्यांक विभागले बुधबार (आज) सार्वजनिक गरेको तथ्यांकमा चालु आवको आर्थिक वृद्धिदर २.२७ प्रतिशत प्रक्षेपण गरिएको हो ।

तर, चालु आवको मध्यपछि शुरु भएको कोरोना भाइरसको संक्रमण र त्यसले अर्थतन्त्रमा पारेको प्रभावका कारण अर्थतन्त्रको वृद्धिदर नराम्रोसँग खुम्चिने भएको विभागले जनाएको छ ।

यसअघि गत आर्थिक वर्ष २०७५/७६ मा नेपालको आर्थिक वृद्धिदर ६.७५ कायम भएको थियो । आर्थिक वर्ष २०७४/७५ मा भने ६.३५ प्रतिशतको आर्थिक वृद्धिदर कायम भएको विभागको तथ्यांकमा उल्लेख छ ।

कोरोनाले खासगरी सेवा क्षेत्रको वृद्धिदरलाई नराम्रोसँग प्रभावित बनाएको हो ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्