प्रहरी कार्यालयभित्रै प्रहरी जवान मृत फेला



१७ वैशाख २०७७, काठमाडौं

कैलालीमा प्रहरी कार्यालयभित्रै एक प्रहरी जवान मृत भेटिएका छन् ।

अछामका २९ वर्षीय लोकेन्द्र बोहोराको शव बुधबार (आज) बिहान ३ बजे प्रहरी कार्यालयभित्रै मृत भेटिएको बताइएको छ ।

कैलालीको महोन्याल गाउँपालिका ४ खिमडीमा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवानको मृत्युबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले बताए ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्