रोटरी क्लब अफ बागमतीद्वारा मास्क सहयोग



१६ बैशाख २०७७, काठमाडौं

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि रोटरी क्लब अफ बागमतीले सरकार तथा अन्य संस्थालाई निःशुल्क मास्क प्रदान गरेको छ ।

रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ अन्तर्गत रोटरी क्लब अफ बागमतीले कोरोना भाइरस सङ्क्रमण रोक्नका लागि सहयोग पुर्याउने उद्देश्यले १५ हजार सर्जिकल मास्क र ४०० एन–९५ मास्क निःशुल्क वितरण गरेको क्लबका अध्यक्ष दिनेश बज्राचार्यले जानकारी दिनुभयो ।

अध्यक्ष बज्राचार्यका अनुसार पाटन अस्पताललाई पाँच हजार सर्जिकल र १७५ एन–९५ मास्क तथा भक्तपुर क्यान्सर अस्पताललाई ५०० सर्जिकल र ५० एन–९५ मास्क हस्तान्तरण गरिएको छ । त्यसैगरी स्वास्थ सेवा विभागको महामारी शाखामा पाँच हजार सर्जिकल र १७५ एन–९५ मास्क तथा काभ्रेपलाञ्चोकको भुल्मु गाउँपालिकालाई दुई हजार सर्जिकल मास्क हस्तान्तरण गरिएको क्लबले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्