सुष्मालाई पूजाको जवाफ, ‘मसँग फेक आइडी बनाएर कसैलाई गाली गर्ने समय छैन’



१२ बैशाख २०७७, काठमाडौँ

केहीदिन यता पूजा शर्मा र सुष्मा कार्कीको झगडाले सामाजिक सञ्जालमा तहल्का नै मच्चाएको छ । २ बर्ष अघि सुष्माले पूजा शर्मालाई चिन्दिन भनेकी थिइन् । साथै उनको अभिनयबारे पनि टिप्पणी गरेकी थिइन् ।

अहिले त्यहि कुरालाई लिएर पूजाको फ्यानले सुष्माको आलोचना गरिरहेका छन् । यस्तै केहीदिन अघि ऋषि धमलालाई दिएको अन्तवार्तामा सुष्माले आफूलाई पूजा शर्माको फेक आइडीबाट निकै नराम्रो शब्द प्रयोग गरेर गाली गरिएको बताएकी छिन् ।

उनले फेरि त्यस्तो गाली गलौच आएमा आफू कानुनी प्रक्रिया जाने समेत बताएकी थिइन् । पूजाले इन्ष्टामा लाइभ आएर सुष्मालाई गतिलो जवाफ दिएकी छिन् । उनले आफूसँग फेक आइडी बनाएर कसैलाई गाली गर्ने समय नभएको बताइन् । साथै उनले सुष्मासँग आफ्नो कुनै दुश्मनी नभएको समेत बताइन् ।

प्रतिक्रिया दिनुहोस्