‘मलाई धुर्मुस जस्तो समाजसेवी बन्नु छैन’ : दिपकराज गिरी



०९ बैशाख २०७७, काठमाडौँ

दिपकराज गिरी धेरै विवादमा आउने कलाकारमध्य एक हुन् । आफ्ना विचार खुलस्त रुपमा राख्ने दिपक सामाजिक सञ्जालमा राख्ने गरेका स्टाटसका कारण नै धेरै आलोचित हुने गरेका छन् ।

जसका कारण दर्शकले उनलाई घमण्डी कलाकारको ट्याग समेत दिन थालेका छन् । केहीसमय अघिमात्र कोरोनाका कारण समस्यामा परेका व्यक्तिहरुलाई सहयोग नगरेको भन्दै उनको आलोचना गरिएको थियो । तर त्यसको केहीसमयपछि उनी लगायत उनको टिमले कोरोनाका कारण समस्यामा परेका चलचित्रका प्राविधिकलाई १ लाख सहयोग गरेका थिए ।

तर अहिले फेरि उनी विवादमा आएका छन् । दिपक फेसबुक लाइभमा आएका थिए । जहाँ उनले फ्यानले उनलाई गरेको प्रश्नको जवाफ दिए । यस्तै प्रश्न गर्ने क्रममा एक फ्यानले दिपकलाई उनी धुर्मुससँग जल्ने गरेको बताए । धुर्मुसले समाजसेवासँगै कलाकारिता पनि गरिरहेका छन् । ‘उसको अर्कै प्रकारको लोकप्रियता छ, मेरो अर्कै प्रकारको । मलाई धुर्मुसजस्तो समाजसेवी बन्नु नै छैन । मलाई केवल कलाकारिता गर्नुछ । समाजसेवा गर्न मन लाग्यो भने पछि सानो सेक्टरमा गरिएला,’ दीपकराजले भने ।

साथै दिपकले घुमाउरो शैलीमा धुर्मुसको सेन्टि भाइरस नराम्रो भएको समेत बताएका छन् । उनले भने, समाजसेवासँगै चलचित्र पनि बनाउन खोजेपछि चलचित्र कहाँ सोचेजति राम्रो बन्छ त ? दर्शकहरु हलमा चलचित्र रगंशाला निर्माणका लागि सहयोग होस् भनेर जाने होइनन् । दर्शकहरु हलमा मनोरञ्जनको लागि नै चलचित्र हेर्न जाने हुन् ।

त्यसका साथै दिपकले धुर्मुसलाई कलाकारिता र समाजसेवा एकसाथ नगर्नको लागि पनि सुझाव दिएका छन् । उनले धुर्मुसलाई कि समाजसेवा मात्र गर्न कि कलाकारिता मात्र गर्न सल्लाह दिएका छन् ।

दिपकलाई जानी जानी हलसम्म पुगेर धुर्मुसको सेन्टि भाइरस नहेरेको आरोप पनि लागेको थियो । जहाँ दिपकले आफूले पहिले नै त्यस दिन चलचित्र नहेर्ने बताएकाले चलचित्र नहेरेको बताए । उनले केहीदिन पछि भने सेन्टि भाइरस हेर्ने बताएका थिए । तर उनले हेरे वा हेरेनन् त्यो भने उनैलाई थाहा होला ।

दीपकराजले धुर्मुससँग कुनै मनमुटाव नरहेको बताए । धुर्मुसको समाजसेवाले गर्दा नै आफ्नो टिमबाट हटेको प्रष्टिकरण दिए ।

‘पहिले धुर्मुस पनि हाम्रो टिममा नै थिए । तर, समाजसेवामा व्यस्त भएर समय दिन सकेनन् । अहिले पनि म सँगै मिलेर गरौं भनिरहेकै छु,’ दीपकराजले भने ।

प्रतिक्रिया दिनुहोस्