एकपटक फेरि गीतका कारण विवादमा दुर्गेश- फ्यानले भने, ‘यो गीतमा तत्काल प्रतिबन्ध लगाइनुपर्छ’



०४ बैशाख २०७७, काठमाडौँ

दुर्गेश थापा निकै चर्चित गायक हुन् । उनका प्राय गीतहरुलाई दर्शकले रुचाएका छन् । तर उनी कहिलेकाहि आफ्नो गीतका कारण विवादमा समेत आउने गरेका छन् ।

केहीसमय अघि उनी ह्याप्पी तिहार बोलका गीतका कारण विवादमा आएका थिए । उक्त गीतका कारण उनी पुलिस चौकीसम्म पुगेका थिए । उनले उक्त गीत युट्युबबाट पनि हटाएका थिए । पछि फेरि उनले गीत अपलोड भने गरेका थिए ।

यस्तै दुर्गेश फेरि एकपटक गीतका कारण विवादमा आएका छन् । दुर्गेश थापाको द मास्कर बोलको गीतले युट्युबमा रिलिज भएको केही समयमै निकै राम्रो भ्यूज पायो । तर गीतलाई दर्शकले भने मिश्रित प्रतिक्रिया दिइरहेका छन् ।

अझ भनुम धेरै दर्शकलाई त दुर्गेशको गीत मन परेको नै छैन । कतिले त यो दुर्गेशको अहिलेसम्मकै नराम्रो गीत भएको बताइरहेका छन् भने कतिले यस्तो गीत गाउनुभन्दा मागेर खानु राम्रो भएको समेत बताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्