दिपकले भने, ‘हामीले भारतीय कलाकारबाट केही सिक्नु आवश्यक छ’



२५ चैत्र २०७६, काठमाडौँ

यतिबेला सामाजिक सञ्जालमा एक भिडियो निकै भाइरल भैरहेको छ । जहाँ धेरै बलिउड कलाकारहरुले हामी सबै एक हौँ र कोरोना विरुद्धको लडाईलाई जितौँ भनेका छन् । उक्त भिडियोमा बलिउडका चर्चित कलाकारहरुले कोरोनाका कारण समस्यामा परेका हरेक ठाउँका चलचित्रका प्राविधिकलाई सबैले मिलेर सहयोग गर्ने बताएका छन् ।

यसैबिच उक्त भिडियो हेरिसकेपछि निर्माता तथा कलाकार दिपकराज गिरीले सामाजिक सञ्जालमा स्टाटस देख्दै गुनासो पोखेका छन् । दिपकले हामीलाई एक्लै हिरो बन्ने बानी भएको बताएका छन् ।

उनले लेखेका छन्, ‘भारतमा सबै कलाकारहले दैनिक ज्यालादारी कामदारलाई पैसा उठाएर मद्दत गर्दैछन् । हामीले पनि त्यही गर्दैछौ । तर, हामीले गर्दा चन्दा किन उठाएको, श्रमिकको अपमान भयो, यसले यति दियो, उस्ले यति दियो भनेर नकारात्मक फैलायौँ ।’

साथै दिपकले भारतीय कलाकारबाट धेरै कुरा सिक्न बाँकी रहेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्